Logo

भारतले रोके पनि औषधी अभाव हुन नदिने उत्पादक संघको भनाई, सरकारलाई साथ र सहयोग दिन आग्रह

भारतले रोके पनि औषधी अभाव हुन नदिने उत्पादक संघको भनाई, सरकारलाई साथ र सहयोग दिन आग्रह



काठमाडौं । नेपाल औषधी उत्पादक संघले नेपालमा उत्पादन हुने औषधीको अभाव हुन नदिने जानकारी दिएको छ । हाल भारतले २६ ओटा उत्पादन र कच्चापदार्थको निर्यातमा रोक लगाए पछि संघले बिज्ञप्ती जारी गर्दै औषधीको अभाव हुन नदिने बताएको छ ।

नेपालमा एलोपेथिक औषधीका ६२ ओटा उद्योग संचालनमा रहेको र ४२ अन्य उद्योग निर्माणको क्रममा रहेको जानकारी दिँदैै संघले नेपालमा औषधी अभाव हुन नदिने जानकारी दिएका हुन । संघले हाल ३ महिना सम्म पुग्ने आवश्यक औषधी, कच्चा पदार्थ, सहायक कच्चा पदार्थ एवं प्याकिङ गर्ने सामग्री रहेको समेत जानकारी दिएको छ ।

संघले भुकम्प, नाकाबन्दी जस्तो अवस्थामा समेत औषधी अभाव हुन नदिएको भन्दै हाल चीनबाट समेत कच्चा पदार्थ आयात भईरहेको बिज्ञप्तीमार्फत जानकारी दिउको छ । संघले भारत र चीन ब्यापारिक दृष्टिकोणले पायक पर्ने भएकाले सोही स्थानहरुबाट कच्चा पदार्थ आयात गरेको र विश्वको जुनसुकै मुलुकमा कच्चा पदार्थ निर्माण हुने भएकाले भारतले कच्चापदार्थ आयातमा रोके पनि अन्य देशबाट समेत ल्याउने जानकारी दिएका हुन ।

संघले ७५ प्रतिशत औषधीको लागि अन्य मुलुकसँग हात जोडनु पर्ने अवस्था नरहेकाले सरकारको साथ र सहयोगको आवश्यक्ता रहेको जानकारी दिएको छ । संघले सरकारलाई आग्रह गर्दै अन्य विदेशी मुलुकसँग हारगुहार नगरि हातेमालो गर्न सुझाव समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्