Logo

कर्णाली राजमार्गका पक्की पुल निर्माण अन्तिम चरणमा, समयमै निर्माण सम्पन्न नगरे सम्झौता रद्द

कर्णाली राजमार्गका पक्की पुल निर्माण अन्तिम चरणमा, समयमै निर्माण सम्पन्न नगरे सम्झौता रद्द



काठमाडौं । कर्णाली राजमार्गमा निर्माणाधीन पक्की पुल निर्माणको अन्तिम चरणमा पुगेको छ । लामो समयसम्म कामले गति लिन नसकेर बेवारिसे अवस्थामा रहेका पुलको निर्माण कार्य धमाधम भइरहेका छन ।

केही पुल निर्माण भइसकेका छन् भने धेरै पुल आगामी असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरि तीव्र गतिमा काम भइरहेको छ । विशेष गरी कर्णालीका जुम्ला, कालिकोट र मुगुको मुख्य आधारका रुपमा रहेको कर्णाली राजमार्गका पुल निर्माणपछि आवतजावत गर्ने यात्रुलाई सहज हुने जुम्ला पातारासी गाउँपालिकाका रामबहादुर ऐडीले बताए ।

जुम्ला र कालिकोट खण्डका नौ निर्माणाधीन पक्की पुलमध्ये खल्लागाड बालीघाट, सिम्लेमा र छेडेनामा काम सम्पन्न भएर गाडी गुडिसकेको डिभिजन सडक कार्यालय जुम्लाका इञ्जिनीयर दीपक विकले बताए । उनका अनुसार अन्य पुल असार मसान्तसम्म निर्माण सम्पन्न हुने गरी दु्रतगतिमा काम भइरहेको छ । कर्णाली करिडोर जोड्ने खुलालु पुल र सेरी पान्तडी पुल भने ठेक्कामा जाने तयारी भइरहेको छ ।

यसैगरी कर्णाली राजमार्गको दैलेख खण्डमा रहेका नौ पुलमध्ये बोडखोला र कुमाले खोलामा निर्माण सम्पन्न भई गाडी गुडिसकेको सडक डिभिजन कार्यालयले जानकारी दिएको छ । दैलेख खण्ड सडक डिभिजन सुर्खेतले हेरिरहेको छ भने जुम्ला कालिकोट खण्ड जुम्लाको जिम्मामा रहेको सडक डिभिजन कार्यालय जुम्लाले जानकारी दिएको छ ।

दैलेख खण्डका पातलेखोला, लाम्चुलीखोला, मानेखोला, पुवाखोला, कालेखोला, पाल्तडाखोला, कानेगाड, दहीखोला र गुहेखोलाको काम असारसम्म सकिने गरी काम भइरहेको सडक डिभिजन कार्यालय सुर्खेतका इञ्जिनीयर देवेन्द्र भट्टराईले जानकारी दिए । उनका अनुसार यो वर्ष धेरैजसो पुलको काम सम्पन्न नगरेमा निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने वा सम्झौता रद्द गर्ने भएको छ/रासस

प्रतिक्रिया दिनुहोस्
MBL