Logo

सुनका कोरोना भाइरस प्रभाव : दैनिक रेकर्ड तोड्दै सुन, शुक्रबार साढे ८२ हजारमा कारोबार

सुनका कोरोना भाइरस प्रभाव : दैनिक रेकर्ड तोड्दै सुन, शुक्रबार साढे ८२ हजारमा कारोबार



काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको प्रभाव सुनको मूल्यमा परेको छ । पछिल्लो समय मूल्य बढेर दैनिक जसो नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य शुक्रबार हालसम्मकै उच्च हुन पुगेको छ ।

शुक्रबार बजारमा सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले बढेर प्रतितोला ८२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ बिहीबार प्रतितोला ८० हजार ७ सय रुपैयाँ रहेको सुनको मूल्य एकै दिन १८ सय रुपैयाँले बढेर ८२ हजार ५ सय रुपैयाँ पुगेको हो ।

सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष मोहोन कुमार सुनारका अनुसार कोभिड १९ (कोरोना भाईरस) र अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले नेपालमा समेत प्रत्यक्ष असर गरि सुनको मूल्य बढेको बताए ।

उनले भने, ‘सुन बढ्नुमा अन्य कुनै कारण छैन । सुनमा लगानी गर्दा सुरक्षित हुने भएकाले आमनागरिकको आकर्षण बढेको हो ।’ त्यस्तै उनले विश्व बजारमा बैंकले समेत कम ब्याजमा ऋण उपलब्ध गर्ने भएपछि उपभोक्ताहरु सुन प्रति आकर्षण बढेको बताए ।

अहिले छापावाल सुनको मूल्य ८२ हजार ५ सय रुपैयाँ पुगेको छ । त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ८२ हजार २ सय रुपैयाँ पुगेको छ भने चाँदी प्रतितोला १० रुपैयाँले वृद्धि भई ८ सय ९० रुपैयाँ प्रतितोला पुगेको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्