Logo

९ लाखको चेक बाउन्स गर्ने राई चन्द्रगिरिबाट पक्राउ

९ लाखको चेक बाउन्स गर्ने राई चन्द्रगिरिबाट पक्राउ



काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले आज चन्द्रागिरिबाट पक्राउ गरेको छ । खोटाङ याम्खा घर भई काठमाडौं महानगरपालिका–३२ पेप्सीकोला बस्ने ३२ वर्षीय मोहन राईलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिएका छन ।

उनलाई नौ लाख रुपैयाँको चेक बाउन्स भएको आरोपमा बैंकिङ कसुर मुद्दा चलाइएको थियो । उक्त मुद्दापछि फरार रहेका राईलाई झापाबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बसमा फेला पारी प्रहरीले पक्राउ गरेको हो । राईलाई थप अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी बृत्त बानेश्वर पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जानकारी दिएको छ/रासस

प्रतिक्रिया दिनुहोस्