Logo

कोभिड १९ बाट बच्न ३७ नाकामा विशेष सुरक्षा, मास्क उत्पादनमा सहजीकरण

कोभिड १९ बाट बच्न ३७ नाकामा विशेष सुरक्षा, मास्क उत्पादनमा सहजीकरण



काठमाडौं । सरकारले नेपालमा कोभिड १९ (कोरोना भाईरस) प्रवेश हुन नदिन बिभिन्न नाकाहरुमा उच्च सतर्कता अपनाएको छ ।

सुचना तथा संचार प्रविधि मन्त्री डा.युवराज खतिवडाले पर्यटक आगमन गर्ने स्थलमार्गहरुमा सुरक्षाका लागि उच्च सतर्कता अपनाईएको बताएका हुन । उनले विशेष गरि भारतबाट आउने बिभिन्न ३७ ओटा नाकामा सुरक्षाको ब्यवस्था गरेको र बाहिरबाट आउने पर्यटकहरुलाई अनअराईभल भिसा दिन रोकेको बताएका हुन ।

त्यस्तै विमानस्थलहरुमा समेत उच्च सतर्कता अपनाउँदै विगतमा दिएका अनअराईभल भिसामा रोक लगाएको उनले जानकारी दिएका छन । साथै कोरोनाको संक्रमण देखिएमा त्यसता विरामीलाई तत्काल क्वारेन्टाईनमा राख्ने ब्यवस्था समेत सरकारले गरिसकेको उनले जानकारी दिएका हुन ।

त्यस्तै सरकारले मास्क उत्पादनमा सहजीकरण गर्ने भएको छ । हाल बजारमा मास्क अभाव भईरहेको भन्दै सहजीकरणका लागि कदम चाल्ने निर्णय भएको मन्त्री खतिवडाले जानकारी दिएका हुन ।

प्रतिक्रिया दिनुहोस्