Logo

रेकर्ड तोड्दै सुनको मूल्य, बिहीबार ८० हजार ७ सयमा कारोबार

रेकर्ड तोड्दै सुनको मूल्य, बिहीबार ८० हजार ७ सयमा कारोबार



काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । बुधबार ८० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार २ सय रुपैयाँले बढेर प्रतितोला ८० हजार ७ सय रुपैयाँ पुगेको सुनचाँदी ब्यवसायी महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार बुधबार प्रतितोला ८० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार ८० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यसतै तेजावी सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेर ८० हजार ४ सय रुपैयाँ पुगेको छ । बुधबार तेजाबी सुनको मूल्य प्रतितोला ८० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य भने स्थिर रहेको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्