Logo

होली नखेल्न सरकारको निर्देशन, सभा-सम्मेलन र भोजभतेर नगर्न आग्रह

होली नखेल्न सरकारको निर्देशन, सभा-सम्मेलन र भोजभतेर नगर्न आग्रह



काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले होली लगायतका चाडपर्व खेल्न रोक लगाएको छ । कार्यालयले बिहीबार एक सुचना जारी गर्दै सभा, भिडभाड, हुलहुज्जत लगायतमा नजान समेत आग्रह गरेको हो ।

छिमेकी राष्ट्र चीनबाट सुरु भएको कोरोना भाईरसको महामारीका कारण भिडभाडमा हुँदा असर गर्न सक्ने भन्दै कार्यालयले उक्त सुचना जारी गरेको हो । कार्यालयले विभिन्न कार्याक्रमहरु, सभा, सम्मेलनसमेत नगर्न निर्देशन दिएको छ ।

कार्यालयले अर्काे सुचना जारी नगर्दासम्मकालागि विभिन्न कार्यक्रमहरुमा रोक लगाएको हो । यस्तै विभिन्न उत्सव, भोजभतेर समेत नगर्न कार्यालयले आग्रह गरेको हो ।


प्रतिक्रिया दिनुहोस्
MBL