Logo

विमानस्थलको कोरोना जाँच्ने थर्मल स्क्यानर विग्रेको १ महिनामा पनि बनेन, किन हुँदैछ लापारबाही

विमानस्थलको कोरोना जाँच्ने थर्मल स्क्यानर विग्रेको १ महिनामा पनि बनेन, किन हुँदैछ लापारबाही



काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा कोरोना भाईरस चेकजाँचका लागि राखिएको थर्मल स्क्यानर अझै मर्मत हुन सकेको छैन । उक्त उपकरण बिग्रेको २३ दिन वितेपनि सम्बद्ध निकायले मर्मतका लागि अग्रसरता देखाएको छैन । सो उपकरण बनाएर ल्याउने बताए पनि हालसम्म आई नपुगेको विमानस्थल प्रमुख देबेन्द्र केसीले जानकारी दिएका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगत टेकु अस्पतालले राखेको उक्त उपकरण नल्याउँदा यात्रुको स्वास्थ्य चेकजाँजमा समस्या भईरहेको विमानस्थल श्रोतले जानकारी दिएका छन । विमानस्थलले उक्त उपकरण राख्नको लागि स्थान मात्रै उपलब्ध गराएकाले सो विषयमा आफुहरुलाई कुनै जानकारी नभएको विमानस्थल प्रमुख केसीले जानकारी दिएका छन ।

तर एउटा उपकरण बिग्रीए पनि अन्य उपकरणबाट यात्रुहरुको स्वास्थ्य चेकजाँज भने भईरहेको केसीले जानकारी दिएका छन । उक्त भाईरसका कारण विश्वमा करिब साढे ३ हजार जनाले ज्यान गुमाईसकेको छ भने ६५ ओटा भन्दा बढी देशमा फैलिसकेको छ ।

विश्व स्वास्थ्य संगठनले समेत नेपाललाई उच्च जोखिममा राखेको छ । तर नेपालले भो सतर्कका लागि अन्य कुनै पहल नचालेको सम्बद्ध सरोकारवालाले बताउँदै आएको छ । विशेष गरि पर्यटन ब्यवसायीहरुले सरकारले उचित ध्यान नदिएको र उपकरण बिग्रेको एक महिना हुन लाग्दा समेत मर्मत नगरेको भन्दै तत्काल उक्त उपकरण मर्मत गरि आमनागरिकको स्वास्थ्य चेकजाँच गर्न सरकारलाई आग्रह गरेका छन ।

तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटाले भने सो उपकरण नभए पनि अन्य ३ ओटा उपकरणमार्फत काम भईरहेकाले खासै समस्या नभएको बताएका छन । त्यसतै मन्त्रालयले थप ३ ओटा स्क्यानर ल्याउनका लागि सम्झौता भईसकेको र यही हप्ता भित्र आउने देवकोटाले जानकारी दिएका छन ।

‘सो उपकरणले पनि ज्वरो मात्रै नाप्ने हो हामीले विमानस्थलमा ज्वरो नाप्नका लागि अन्य थर्ममिटर १ सय ओटा पठाईसकेका छौं अहिले त्यस्तो कुनै समस्या छैन’, उनले भने, ‘तर बिग्रेको सो उपकरण बनाउनका लागि भने अझै केही समय लाग्ने ।’

प्रतिक्रिया दिनुहोस्