Logo

शहरका ११ हजार होडिङबोर्ड हटाएको महानगरले जमलको होडिङबोर्ड हटाउन सकेन, लाचार बन्दै स्थानीय सरकार

शहरका ११ हजार होडिङबोर्ड हटाएको महानगरले जमलको होडिङबोर्ड हटाउन सकेन, लाचार बन्दै स्थानीय सरकार



काठमाडौं । शहरका ११ हजारभन्दा बढी होडिङ बोर्ड हटाएको काठमाडौं महानगरपालिकाले मुख्य आकर्षक केन्द्र जमलको होडिङबोर्ड हटाउन सकेको छैन । शहरभित्रका साना ठूला गरी ११ हजार होडिङबोर्ड हटाएको स्थानीयले पटक पटक ताकेका गर्दा पनि जमलको भने हटाउन सकेको छैन ।

शहरलाई कुरुप बनाएको तथा विभिन्न आकर्षक होडिङ बोर्डका कारण सवारी दुर्घटना बढाएको भन्दै हटाउन सुरु गरेको महानगरले सबैभन्दा बढी सवारी चाप हुने जमलमै होडिङ बोर्ड हटाउन नसकेको हो ।

महानगरले नागपोखरी कालोपुल, एयरपोर्ट त्रिपुरेश्वर कलंकी, कालीमाटी बल्खु, त्रिपुरेश्वर महाराजगञ्ज, बालुवाटार डिल्लीबजार, बागबजार सेतोपुललगायतका स्थानबाट संख्यामा होडिङबोर्ड हटाएको छ । त्यसतै रत्नपार्क महाराजगञ्ज क्षेत्रको समेत होडिङबोर्ड हटाएको छ । तर जलमलको भने एनसेलसँग भएको सम्झौताको कारण हटाउन नसकिएको नगर प्रहरी प्रमुख धनपति सापकोटाले जानकारी दिएका छन ।

महानगरले ति क्षेत्रमा रहेका बिभिन्न होडिङबोर्ड हटाए पनि जमलमा रहेको होडिङबोर्ड भने हटाउन सकेको छैन । सापकोटाका अनुसार उक्त पुलको होडिङबोर्ड हटाउन नसक्ने अवस्थामा महानगर रहेको छ । उक्त पुल निर्माण गर्दानै एनसेल प्रालिसँग सम्झौता भएको थियो । उक्त सम्झौता अनुसार एनसेलले नै उक्त पुल बनाएका कारण सो पुलमा होडिङबोर्ड हटाउने र राख्ने राख्ने अधिकार सोही कम्पनीसँग भएकाले उक्त पुलको बोर्ड हटाउन नसकेको हो । त्यसतै भोटाहिटी चोकमा रहेको होडिङबोर्ड समेत महानगरले हटाउन सकेको छैन ।

केही हप्ता अघिमात्रै हटाएको होडिङबोर्ड पुनःराख्न सुरु पछि स्थानीयले भने उक्त होडिङबोर्ड हटाउनु पर्ने बताएका छन । महानगरले होडिङबोर्ड हटाउने अभियान संचालन गरे पनि पुन होडिङबोर्ड राखेर शहरलाई कुरुप बनाउन लागे पछि स्थानीयबासीले त्यसको विरोध गर्दै हटाउन माग गरेका हुन । भन्छन, ‘यो महानगरको गलत काम भयो किन यसरी हटाउँदै राख्दै गरिरहेको छ केही बुझन सकेको छैन ।’

बिगत केही बर्षदेखि सोही स्थानमा पसल संचालन गर्दै आएका कृष्ण बहादुरले भने, ‘सबै आफ्नो मर्जीले चल्दा रहेछन कहिले हटाउँछन कहिले राख्छन, आफैं धामी आफैं बोक्सी भने झै भएन र यो ।’ महानगरले केही समय अघिदेखिनै बजारमा राखिएको होडिङबोर्ड हटाउन सुरु गरेको थियो । ‘सफा, स्वच्छ र सुन्दर सहर’ बनाउने योजना अनुरुप नै विभिन्न ठाउँमा विज्ञापनका लागि राखिएका होडिङबोर्ड, भित्तामा टाँसिएका पर्चा पम्प्लेटलगायतलाई महानगरले हटाउने प्रक्रिया सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्