Logo

एकैदिन २२ सयले बढ्यो सुनको मूल्य, प्रतितोला साढे ८० हजारमा कारोबार

एकैदिन २२ सयले बढ्यो सुनको मूल्य, प्रतितोला साढे ८० हजारमा कारोबार



काठमाडौं । बुधबार सुनको मूल्य २२ सय रुपैयाँले बढेको छ । मंगलबार ७८ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार प्रतितोला २२ सय रुपैयाँले बढेर ८० हजार ५ सय रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्यमा पनि सोही अनुसारले वृद्धि भई प्रतितोला ८० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । चाँदी भने प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ ।

मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला २० रुपैयाँले बढेर ८ सय ८० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्