Logo

सीएनआई र ताञ्जानियाका राजदूतबीच भेट, नेपालमा लगानीको जोड

सीएनआई र ताञ्जानियाका राजदूतबीच भेट, नेपालमा लगानीको जोड



काठमाडौं । नेपालका लागि ताञ्जानियाका राजदूत बाराका हरण लुभाण्डा ( र नेपाल उद्योग परिसंघ (सीएनआई)का पदाधिकारीहरुबीच भेटवार्ता भएको छ । मंगलबार सीएनआईको सचिवालयमा भेटवार्ता भएको हो । लुभाण्डा भारतका लागि आवासीय राजदूत समेत हुन।

भेटमा बोल्दै परिसंघका अध्यक्ष सतिश कुमार मोरले नेपाल ताञ्जानिया बीचको द्विपक्षीय सम्बन्धलाई प्रगाढ बनाउदै आर्थिक तथा व्यापारिक र लगानी विस्तारमा केन्द्रित गर्नु पर्ने समय आएको बताएका छन ।

उनले नेपाल र ताञ्जानिया बीच सहजकर्ताको भूमिका निर्वाह गर्न परिसंघ तयार रहेको बताउँदै उत्पादनमुलक क्षेत्र, पूर्वाधार, कृषि तथा पर्यटनका क्षेत्रमा लगानीका सम्भावनाहरु रहेको जानकारी दिए ।

उक्त अवसरमा राजदूत बाराका हरण लुभाण्डाले ताञ्जानिया र नेपालको आर्थिक तथा निजी क्षेत्रको विकासका लागि दुबै देशले आपसी सहयोगको सम्भावना खोज्नु पर्ने बताए ।

नेपालको महत्वपूर्ण सम्बन्धलाई आर्थिक अवसरमा बदल्न सबैखाले लगानीका लागि उचित वातावरण तयार गर्नु आफ्नो प्राथमिकतामा रहको उनको भनाई थियो ।

लगानी वातावरणमा देखिएका समस्या सुधारमा सहकार्य अघि बढाउने प्रतिवद्धता पनि राजदूत लुभाण्डाले गरेका छन ।

प्रतिक्रिया दिनुहोस्