Logo

प्रम ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार अस्पताल भर्ना हुने, दोस्रो पटक मिर्गौला प्रत्यारोपणको तयारी

प्रम ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार अस्पताल भर्ना हुने, दोस्रो पटक मिर्गौला प्रत्यारोपणको तयारी



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार अस्पताल भर्ना हुने भएका छन ।

प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालयको आज बसेको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरमा बुधबार प्रत्यारोपणलगायत आफ्नो स्वास्थ्योपचार योजनाबारे गराएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि जानकारी दिएका हुन ।

राष्ट्रियसभा सदस्यमा हुने मनोनयनबारे सोधिएको प्रश्नमा प्रवक्ता श्रेष्ठले भने, ‘यस विषयमा पहिले नै निर्णय भइसकेकाले फेरि बोलिरहनुपरेन ।’ प्रधानमन्त्रीले आज बिहान ग्रान्डी अस्पतालमा मिर्गौला डायलासिस गराएका थिए । प्रधानमन्त्रीले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न सोमबार अस्पताल भर्ना हुन लागेका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL