Logo

३ सय विद्युतीय बस खरीद प्रक्रिया अघि बढ्यो, साझाबाट ब्याजसहित ३ अर्ब फिर्ता

३ सय विद्युतीय बस खरीद प्रक्रिया अघि बढ्यो, साझाबाट ब्याजसहित ३ अर्ब फिर्ता



काठमाडौं । विद्युतीय बस कुन माध्यमबाट खरिद गर्ने, बसको क्षमता, त्यसको आकारलगायतका विषयमा छलफल अघि बढेको छ ।

भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव प्रमिलादेवी शाक्यको नेतृत्वमा बनेको समितिले बसका बारेमा आवश्यक तयारी अघि बढाएको हो । समितिको सुझावकै आधारमा खरिद प्रक्रिया अघि बढ्ने मन्त्रालयका प्रवक्ता सरोजकुमार प्रधानले बताए ।

उनका अनुसार साझा यातायात सहकारी संस्थाबाट पैसा फिर्ता लिइएपछि मन्त्रालयले खरिदका लागि आवश्यक तयारी अघि बढाएको छ । उनले भने, ‘विद्युतीय बसको स्पेशिफिकेशन, मोडालिटिलगायतका कुरामा छलफल भइरहेको हो ।’ सरकारले विद्युतीय बस खरिदका लागि गत असारमा संस्थाको रु तीन अर्ब बराबरको शेयर खरिद गरेको थियो ।

पहिले दिइएको भन्दा संस्थाले ‘स्पेशिफिकेशन’ फरक भएको र बस खरिद अघि नबढेको भन्दै सरकारले चार महिनापछि कात्तिकमा सो रकम फिर्ता गरेको हो ।

संस्थालाई दिइएको रकमसँगै ब्याजसमेत फिर्ता लिइएको मन्त्रालयका प्रवक्ता प्रधानले बताए । रकम फिर्ता भएसँगै सरकारले नयाँ प्रक्रियाबाट खरिद प्रक्रिया गर्न तयारी अघि बढाएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL