बिजखबर संवाददाता
१ साउन, काठमाडौं । बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोहर केसी निययुक्त भएका छन् । नवनियुक्त सीईओ केसीले शुक्रबार बाटै पदभार सम्हालेका छन् ।
बैंकले उनलाई ४ वर्षे कार्यकालका लागि नियुक्त गरहेको हो । नबिल बैंकबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेको केसी ४ वर्ष अधि बिजनेस युनिभर्सलमा प्रमुख व्यवसाय अधिकृतका रुपमा प्रवेश गरेका थिए । उनी झण्डै १५ वर्ष अधिदेखि बैंकिङ क्षेत्रमा छन् ।
हालसम्म बैंकले ६ अर्व ३४ करोड निक्षेप संकलन गरी ५ अर्ब ५० करोड कर्जा प्रवाह गरेको छ । लगानी रहेको छ । बैंकको ९३ करोड ४६ लाख चुक्ता पुँजी रहेको छ । हाल १२ वटा शाखा कार्यालयमार्फ बैंकले सेवा दिइरहेको छ ।