जिबखबर संवाददाता
१ साउन, काठमाडौं । सरकारले साउन ४ र ५ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
शुक्रकार विहान वसेको मन्त्रीपरिषदल्को बैठकले संविधानको मस्यौदामाथिको सुझाव संकलनका गर्न २ दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । सुझाव संकलनका लागि जिल्लाजिल्लामा अन्तरक्रिया कार्यक्रम गर्नलागि उक्त विदा दिन लागिएको हो ।
संविधान सभाको सचिवालयले सुझाव संकलनका लागि जिल्लाजिल्लामा संविधानको मस्यौदा पठाइसकिएको छ । सरकारले संविधानमाथिको सुझाव संकलनलाई राष्ट्रिय अभियानको रुपमा मनाउने निर्र्णय गरेको थियो ।
साउन २ गते सनिवार र ३ गते इदको विदा परेको छ । जसले गर्दा लगातार ४ दिन सरकारी कार्यालयहरु विदा हुनेछन् । अव एकैचोटी साउन ५ गतेमात्र सरकारी कार्यालय खुल्नेछन् ।