बिजखबर संबाददाता
३१ असार,काठमाडौं । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल स्तरोन्नतीका लागि १ अर्ब ७५ करोड रुपैयाँ विनियोजन गरेको छ ।
स्तरोन्नतीको कार्यलाई प्राथमिकता दिदै निरन्तरताका लागि सो बजेट विनियोजन गरेको हो । साथै काठमाडौं उपत्यकाको हवाइ चापलाइ कम गर्न आन्तरिक वायुसेवाहरुलाई काठमाडौं बाहिरका स्थानबाट सेवा दिन प्रोत्साहन गर्ने बताइएको छ । सरकारले विमानस्थलहरुको निर्माण तथा सुधारका लागि ५ अर्ब ७५ करोड विनियोजन गरेको हो ।
त्यसैगरी पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्तलको मुआब्जा वितरणको कार्य सम्पन्न गरी आगामी आर्थिक बर्षदेखि निर्माण कार्य शुरु गरिने भएको छ ।
त्रिभुवन विमानस्थलका हवाई चाप कम गर्न आन्तरिक वायुसेवा कम्पनीलाई काठमाडौं बाहिरका विमानस्थलबाट सेवा सञ्चालन गर्न प्रोत्साहन गरिने अर्थमन्त्री महतले बताए।