Logo

छिम्केश्वरी पर्यटन तथा सांस्कृतिक महोत्सव हुने, स्थानीय उत्पादनको प्रर्वद्धन मुुख्य उद्देश्य

छिम्केश्वरी पर्यटन तथा सांस्कृतिक महोत्सव हुने, स्थानीय उत्पादनको प्रर्वद्धन मुुख्य उद्देश्य



काठमाडौं । आन्तरिक पर्यटन प्रर्वद्धन तथा धार्मिक तथा सांस्कतिक सम्पदाहरु बारेमा जानकारी दिने उद्देश्यसहित ‘छिम्केश्वरी पर्यटन तथा सांस्कृतिक महोत्सव–२०७६’ आयोजना हुने भएको छ ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरि ग्रामीण पर्यटनको विकास तथा स्थानीय उत्पादनको प्रर्वद्धन गरी नेपाल भ्रमण वर्ष अभियानलाई समेत सघाउन पुर्याउने लक्ष्यसहित यो महोत्सव आयोजना गर्न लागेको जानकारी दिइएको हो ।

छिम्केश्वरी हाम्रो आधार ग्रामीण पर्यटन विकासको पूर्वाधार भन्ने नारासहित आगामी फागुन २५ गतेदेखि २७ गते सम्म तनहुँको आँबुखैरेनीमा महोत्सव हुन लागेको हो ।

कुल ३० वटा स्टल रहने महोत्सवको विशेष आकर्षणको रुपमा छिम्केश्वरी सप्तदेवी दर्शन, स्थानिय खानाका परिकार तथा स्थानिय परम्परागत खेल रहेका छन् । महोत्सवमा २५ हजारले अवलोकन गर्ने तथा पच्चीसै लाखको कारोबार हुने अपेक्षा आयोजकको छ ।

हाल आन्तरिक पर्यटकको उल्लेखनीय बृद्धि हुँदै गरेको तनहुँ जिल्लाका विभिन्न पर्यटकीयस्थलहरु मध्ये आँबुखैरेनी गापा अन्तर्गतको छिम्केश्वरी क्षेत्र पनि एक महत्वपूर्ण गन्तव्य हो । धार्मिक तथा सांस्कृतिक पदयात्राको नामबाट परिचित छिम्केश्वरी आदिमकालदेखि नै पुज्य र आराध्यस्थलको रुपमा रही आएको छ ।

यस क्षेत्रअन्तर्गत विभिन्न सांस्कृतिक ग्रामहरुको अनुभव, धवलागिरीदेखि लाङ्टाङ्सम्मको हिमश्रृङ्खलाको मनोरम दृश्यावलोकन, सूर्योदय र सूर्यास्त, महाभारत पहाडहरु मध्येको एक उच्च पहाड र तनहुँको सवैभन्दा अग्लो चुचुरा छिम्केश्वरी (२१३४ मि.) लेकमा अवस्थित छिम्केश्वरीमाई र बुढीदेवीमाईको दर्शन तथा जैविक विविधताले भरिपूर्ण छिम्केश्वरीलेक वास्तवमै उच्चकोटीको पर्यटकीय स्थल हो ।

सात देवीहरुमध्ये जेठी बुढीदेवीमाई र माहिली छिम्केश्वरीमाई छिम्केश्वरीलेकमै अवस्थित छन् भने साहिली गोरखकालीमाई, काहिली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोहि स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ । भनिन्छ सात मध्ये ६ वटै देवीहरुको दर्शन गरेता पनि छिम्केश्वरीमाईको दर्शन नगरेसम्म मनोकांक्षा पुरा हुँदैन ।

प्रतिक्रिया दिनुहोस्
MBL