Logo

‘एक गाँउ एक डाक्टर’ अभियान, निःशुल्क गर्भपतनको सुविधा

‘एक गाँउ एक डाक्टर’ अभियान, निःशुल्क गर्भपतनको सुविधा


रामराजा श्रेष्ठ
0
Shares

रक्षा रेग्मी

३० असार,काठमाडौं । सरकारले आगामी आर्थिक बर्षमा ‘एक गाँउ एक डाक्टर’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । आधारभुत स्वास्थ्य सेवामा सवैको पहुँच पुर्याउन प्रत्येक स्वास्थ्य संस्थामा कम्तीमा १ जना चिकित्सक उपलब्ध गराउने गरी यस्तो कार्यक्रम सञ्चालन गर्न लागेको हो । मंगलवार आर्थिक बर्ष २०७२ ०७३ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् ।

त्यस्तै सबै सरकारी अस्पताल तथा स्वास्थ्य चौकीहरुमा औजार तथा उपकरण सहितको पूर्वाधार र आवश्यकता अनुसार स्वास्थ्यकर्मीको व्यवस्था गरिने बताएका छन् । सरकारले नवगठित नगरपालिकाहरुमा कम्तिमा १५ शैय्याको अस्पताल स्थापना गर्ने भएको छ । त्यसका लागि २७ करोड विनियोजन गरिएको डा. महतले जानकारी दिए । त्यसैगरी सरकारी तथा स्वास्थ्य शिक्षण संस्थाबाट अध्यापन गरिने एम डी एमएस लगायत स्नातकोत्तर तहको पढाइ सञ्चालन गर्न २७ करोड छुट्याएको छ ।

सामुदायीक तथा निजी अस्पतालहरुको भौतिक पूर्वाधार यन्त्र उपकरणजनशक्ति सेवा शुल्क र औषधीको उपलब्धताको बारेमा प्रभावकारी अनुगमन गरिने ।

मापदण्ड पालना नगर्ने र सरकारी निणर्यको अवज्ञा गर्ने अस्पताललाई कानुन बमोजिक कारवाही गर्ने भएको छ । सरकारी अस्पताल र स्वास्थ्य संस्थाहरुबाट निःशुल्क प्रदान गरिने औषधीको गुणस्तरीयता र नियमित आपूर्तिमा पनि विशेष ध्यान दिने भएको छ । ‘औषधीको नमुना परीक्षण,गुणस्तर र मूल्यको अनुगमनलाई प्रभावकारी बनाउन अन्तरराष्ट्रियस्तरको प्रयोगशाला सहित औषधि व्यवस्था विभागको पूर्नसंरचना गर्नेछौं’ उनले भने ।

सरकारले उपत्यकामा रहेको केन्द्रिय अस्पताललाई चाप परेको भन्दै काठमाडौंका केही स्थानबाट स्याटेलाइट अस्पतालको सेवा उपलब्ध गराउने छ निणर्य गरेको छ । उपत्यकामा रहेका केन्द्रिय अस्पताललाई परेको बिरामीको चापलाई व्यवस्थित गर्नुका साथै स्वास्थ्य सेवाको गुणस्तर अभिबृद्धि गर्न सटेलाइट अस्पतालको सेवा दिन लागेको हो । ।

त्यसैगरी सवै सरकारी अस्पतालहरुमा आइसीयु र एनआइसीयु सेवा क्रमश विस्तार गरिने बताइएको छ । बजेटमा क्षेत्रिय स्तरका स्वास्थ्य प्रयोगशालाहरुको क्षमता बृद्धि गरी परीक्षका लागि आवश्यक यन्त्र उपकरण,जनशक्ति र पूर्वाधार पुर्याइने उल्लेख छ । सन् २०१७ भित्र नेपाललाई पूर्ण खोप सेवा पाएको देश घोषणा गर्ने बताइएको छ ।

सरकारी अस्पतालहरुमा काननी ढंगबाट गर्भपतन गराउँदा शुल्क नलाग्ने व्यवस्था समेत गरेको छ ।

विपद तथा दुर्घटनाबाट घाइतलाई तत्काल उपचार गर्न भरतपुर अस्पताल,मदन भण्डारी ट्रमा सेण्टर र धौलागिरी अञ्चल अस्पताल,वाग्लुङमा हरि खड्का ट्रमा सेण्टर स्थापना गरिने । त्यस्तै सर्पदंशका बिरामीहरुका लागि एन्डी भेनम भ्याक्सीन उत्पादन गन शुरु गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL