Logo

सेक्युरिटी प्रेस खरिद प्रक्रिया स्थगित गर्न सरकारलाई लेखा समितिको निर्देशन

सेक्युरिटी प्रेस खरिद प्रक्रिया स्थगित गर्न सरकारलाई लेखा समितिको निर्देशन



काठमाडौं । संघीय संसद्को सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रेस खरिद प्रक्रिया स्थगित गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको समितिको बैठकले समितिको अर्को बैठकले निर्णय नगरेसम्म सेक्युरिटी प्रेस खरिद प्रक्रिया अगाडि नबढाउन निर्देशन दिएको हो ।

सेक्युरिटी प्रेस खरिद प्रक्रियामा भएका कमीकजोरीलाई अझै गम्भीरताका साथ छलफल गर्नुपर्ने भएकाले अहिलेलाई यो प्रक्रिया स्थगित गर्न सरकारलाई निर्देशन दिइएको समितिका सचिव रोजनाथ पाण्डेले जानकारी दिए ।

सेक्युरिटी प्रेस खरिद प्रक्रियाका बारेमा सार्वजनिक भएको अडियोका बारेमा पछि छानबिन हुने पनि समितिले बताएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL