Logo

सुनको मूल्यले बनायो फेरि नयाँ रेकर्ड, बुधबारको मूल्य अहिलेसम्मकै महँगो

सुनको मूल्यले बनायो फेरि नयाँ रेकर्ड, बुधबारको मूल्य अहिलेसम्मकै महँगो



काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । केही दिनयता बढिरहेको सुनचाँदीको मूल्य बुधबार पनि बढेको छ ।

मंगलबार ७६ हजार ७ सयमा कारोबार भएको छापावाला सुन बुधबार ४ सयले बढेर ७७ हजार १ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ७६ हजार ८ सयमा कारोबार भइरहेको छ । चाँदी पनि आज १५ रुपैयाँले बढेर प्रतितोला ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरसको प्रभाव सुन बजारमा पनि परेको छ । सुनको मूल्य बढेसँगै कारोबारमा कमी आएको व्यवसायीले बताएका छन् ।

लगातारको मूल्यवृद्धि र सरकारले लिएको नीतिका कारण पछिल्लो छ महिनामा सुन आयात गत आवको सोही अवधिको तुलनामा ५० प्रतिशतभन्दा बढी घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL