Logo

बीएफआईएन र भिक्टोरिया युनिभर्सिटीबीच समझदारी, नेपालमा तालिम प्रदान गर्ने

बीएफआईएन र भिक्टोरिया युनिभर्सिटीबीच समझदारी, नेपालमा तालिम प्रदान गर्ने



काठमाडौं । बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाल (बीएफआईएन) र भिक्टोरिया युनिभर्सिटिबीच एक समझदारी भएको छ । नेपालको बित्तीय क्षेत्रका उच्च पदस्थ कर्मचारीहरुको नेतृत्व क्षमता अभिबृद्धि गर्ने सम्बन्धमा उक्त २ निकायबीच मेलबर्न अष्ट्रेलियामा बुधबार सम्झौता भएको हो । उक्त समझदारी पत्रमा बीएफआईएनका तर्फबाट प्रबन्ध निर्देशक डा. विनोद आत्रेय र भिक्टोरिया युनिभर्सिटीका व्यवसाय तथा कानुन संकायका प्रध्यापक मार्क फारलले हस्ताक्षर गरेका हुन ।

उक्त समझदारी पत्रमा दुई संस्था बिचको समन्वयमा नेपालका बैंक तथा वित्तिय संस्थामा उच्च पदस्थ कर्मचारीहरुको नेतृत्व विकास तथा अन्य सम्बन्धी बिभिन्न तालीम, गोष्ठी तथा सेमिनारहरुको आयोजना गर्ने उल्लेख छ ।

बैंक तथा बित्तीय संस्थाका कर्मचारीहरुको बैंकिङ्ग, बिमा, पुँजी बजार, व्यवस्थापन लगायतका अन्य क्षेत्रहरु संग सम्बन्धित ज्ञान विकासका लागी संयुक्त रुपमा मान्यता प्राप्त ३ महिने, ६ महिने तथा १ बर्षे कार्यक्रमहरु संचालन गरिने भएको छ ।

यस्तै सम्झौतमा युनिभर्सिटीले निर्धारण गरे अनुसारको योग्यता पुगेका अधिकृतहरु तथा विद्यार्थी लाई इन्र्टनशिपमा पठाउन सकिने, संयुक्त रुपमा वित्तिय क्षेत्रका बिभिन्न बिषयमा खोज गर्ने लगायतका बिषयबस्तुहरु समाबेश गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्