Logo

उद्योग परिसंघको महानिर्देशकमा यादव पौडेल नियुक्त, बरिष्ठ सल्लाहाकारमा न्यौपाने

उद्योग परिसंघको महानिर्देशकमा यादव पौडेल नियुक्त, बरिष्ठ सल्लाहाकारमा न्यौपाने



काठमाडौं । नेपाल उद्योग परिसंघको महानिर्देशकमा यादवप्रसाद पौड्याल नियुक्त भएका छन् । यसभन्दा अघि नेपाल व्यवस्थापन संघमा आवद्ध उनी आईतबार परिसंघको महानिर्देशकमा नियुक्त भएका हुन ।

परिसंघमा यसअघि कार्यरत महानिर्देशक मेघनाथ न्यौपाने परिसंघको वरिष्ठ सल्लाहकारमा नियुक्त भएका छन् ।

परिसंघका अध्यक्ष सतिश कुमार मोरले परिसंघमा आयोजित एक कार्यक्रममा नवनियुक्त महानिर्देशक र वरिष्ठ सल्लाहकारलाई स्वागत गर्दै परिसंघलाई थप प्रभावकारी बनाउन नवनियुक्त महानिर्देशक एवं वरिष्ठ सल्लाहकारको सक्रिय सहयोग हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्