Logo

कोका–कोलाको ५ औं मोमो उत्सव, क्याम्पेनका लागि नयाँ टिभी कमर्सियल सार्वजनिक

कोका–कोलाको ५ औं मोमो उत्सव, क्याम्पेनका लागि नयाँ टिभी कमर्सियल सार्वजनिक



काठमाडौं । कोका–कोलाले ५ औं कोका–कोला मोमो उत्सव गर्ने भएको छ । सो उत्सवका लागि कम्पनीले नयाँ टिभी कमर्सियल सार्वजनिक गरेको छ । कम्पनीले ‘खाना जे होला, स्वाद बढाउन कोका–कोला’ भन्ने नाराका साथ उत्सव गर्न लागेको हो ।

कम्पनीले सार्वजनिक गरेको नयाँ टिभी कमर्सियलमा अभिनेत्री साम्रागी, आरएल शाह, अलिशा राई, गायिका केन्जल श्रेष्ठ, जेय अथर र आइजेन रहेका छन । टिभीसीले कोक उपभोक्ताहरुलाई खाना खाने समयमा उनीहरुको साथीहरु र परिवारसँग जोड्ने प्रयास गरेको छ ।

कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने , ‘हाम्रो नयाँ क्याम्पेन खाना जे होला स्वाद बढाउन कोका–कोलाले नेपाली संस्कृतिमा खानाको महत्व बुझेर उपभोक्ताहरुलाई मनमा राखेका छौं । नयाँ टिभीसीमा खाना खान भन्दा पनि भोजनलाई कसरी आफ्ना प्रियजनहरुसँग स्मरणीय क्षणमा परिणत गर्न सकिन्छ भनेर देखाइएको छ । यसले सबैलाई जोडेर एकअर्कासँग रमाइलो कुराकानी गर्न लक्षित गरेको छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL