बिजखबर संबाददाता
२९ असोज,काठमाडौं । क्रिकेट खेलको प्रवद्र्धनका लागि देशका विभिन्न क्षेत्रमा क्रिकेट मैदान बनाउने भएको छ ।
यस्तै धनगढीमा अन्तरराष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउने अर्थ मन्त्री डा. रामशरण महतले बताएकाछन् । मंगलवार आर्थिक बर्ष २०७२\०७३को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । ‘क्रिकेट खेलका लागि २१ करोड छुट्याएको छु’ उनले भने ।
त्यस्तै खेलाडीहरुको बीमाको व्यवस्था गरिएको छ ।