Logo

महालक्ष्मी ईन्स्योरेन्समा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम सम्पन्न

महालक्ष्मी ईन्स्योरेन्समा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम सम्पन्न



काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले आफ्ना कर्मचारीहरुको लागि आयोजित सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम माघ २ गते सम्पन्न गरेको छ । प्रधान कार्यालयमा कार्यरत ३५ जना भन्दा बढी कर्मचारीहरुलाई सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा विस्तृत जानकारीका साथ उक्त तालिम सम्पन्न गरिएको हो ।

तालिममा गैर कानुनी कमाई र आतंककारी कार्यबाट संकलित कालो धनलाई बीमा क्षेत्रको माध्यमले सेतो धन बनाउने कार्यलाई कसरी नियन्त्रण गर्ने, यसका प्रकृयाहरु के के हुन, रिपोर्टिङ कसरी गर्ने आदी विषयमा विस्तृत जानकारी दिईएको थियो ।

प्रधान कार्यालयका सम्पुर्ण कर्मचारी उपस्थित तालिममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई, नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थी र आन्तरिक लेखा परिक्षक चाटर्ड एकाउन्टेन रेनुका खत्रीले तालिम प्रदान गरेका थिए ।

उक्त तालिममा विभागिय प्रमुखहरु सपना खरेल, योगेश कुमार नेपाल, सिताराम धिमाल, प्रभाकर न्यौपाने, सौरभ पौडेल र सृजन श्रेष्ठको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL