Logo

नाला गुम्बालाई चेक रिपब्लिकको सहयोग, गर्याे एम्बुलेन्स हस्तान्तरण

नाला गुम्बालाई चेक रिपब्लिकको सहयोग, गर्याे एम्बुलेन्स हस्तान्तरण


बिजखबर संवाददाता
108
Shares

काठमाडौं । चेक रिपब्लिक डेभलपमेन्ट कोअपरेसनले नालास्थित धाग्पो शिडरब लिङ फाउन्डेसनलाई एउटा एम्बुलेन्स तथार विभिन्न मेडिकल उपकरणहरु र एउटा मालबाहक गाडी सहयोग गरेको छ । नेपालका लागि चेक रिपब्लिकका राजदूत मिलान होभोर्काले शुक्रबार एक समारोहबीच फाउन्डेसनका प्रतिनिधिलाई एम्बुलेन्स र मालबाहक गाडीको साँचो हस्तान्तरण गरेका हुन ।

एम्बुलेन्समा आपतकालीन अवस्थामा काम लाग्ने अत्याधुनिक चिकित्सकीय उपकरणहरु समेत जडान गरिएको छ । चेक रिपब्लिकले स्पाइन बोर्ड, भ्याक्युम म्याट्रेस, अक्सिमिटर, आईभी लाइन, ट्रान्सपोर्ट स्ट्रेचर, अक्सिजन सिलिन्डर, सर्जिकल सेट, इक्ज्यामिनेसन बेड, मेच र प्राइभेसी बुथ लगायतका सामग्री हस्तान्तरण गरेको हो ।

सो अवसरमा नेपालका लागि चेक रिपब्लिकका अवैतनिक महावाणिज्यदूत विष्णुकुमार अग्रवालको पनि उपस्थिति थियो ।

नाला क्षेत्र सुविधासम्पन्न अस्पताल भएको काठमाडौं र धुलिखेल दुवै स्थानबाट करिब २० किलोमिटर टाढा पर्छ । यहाँबाट सार्वजनिक यातायातमा सुविधासम्पन्न अस्पतालमा पुग्न करिब दुई घन्टा लाग्छ जसले गर्दा बिरामीको ज्यान जाने जोखिम रहन्छ ।

चेक रिपब्लिकले नयाँ एम्बुलेन्सले बिरामीलाई राम्रो अस्पतालमा समयमै पु¥याउन सहयोग गर्ने अपेक्षा गरेको छ । नेपाल र नेपालीको जीवनस्तर अभिवृद्धि गर्न चेक रिपब्लिक डेभलपमेन्ट कोअपरेसनले विभिन्न परियोजनाहरु संचालन गर्दै आएको छ । यो संस्थाले विशेषगरी, शिक्षा, स्वास्थ्य, सरसफाई र खानेपानीको क्षेत्रमा काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL