बिजखबर संबाददाता
२९ असार,काठमाडौं ।सरकारले यसबर्षको बजेटमा पूर्ननिर्माण तथा नवनिर्माणलाई विशेष प्राथमिकतामा राखेको छ ।
जसमध्ये सरकारले यसपटक पुर्ननिर्माणका लागि ७४ अर्व विनियोजन गरेको छ ।
त्यसमध्ये आवासमा ५० अर्व छुट्याइएको महतले जानकारी दिए । साथै सार्वजनिक भवन बनाउन ३ अर्व र पुरातात्विक संरचनाका लागि २ अर्व छुट्याइएको छ । पूर्ननिर्माणका लागि आवश्यक सामग्री तथा कच्चा पदार्थको आयातमा लाग्ने भन्सार दरमा सहुलियत को व्यवस्था गरेको छ ।