Logo

सुनको मूल्य प्रतितोला २ सयले घट्यो, प्रतितोला ७५ हजार ७ सयमा कारोबार हुँदैं

सुनको मूल्य प्रतितोला २ सयले घट्यो, प्रतितोला ७५ हजार ७ सयमा कारोबार हुँदैं



काठमाडौं । बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको चौंथो दिन बुधबार सुनको मूल्य तोलाको रु २०० ले घटेको छ ।

बुधबार छापावाला सुन प्रतितोला रु ७५ हजार ७०० मा कारोबार भइरहेको छ महासंघले जनाएको छ ।

यसअघि मंगलबार छापावाला सुन प्रतितोला रु ७५ हजार ९०० मा कारोबार भएको थियो । महासंघका अनुसार तेजावी सुनको मूल्य आज रु ७५ हजार ४०० कायम गरिएको छ ।

यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी, तोलामा रु ५ ले घटेर प्रतितोला ८७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL