Logo

सामाजिक सुरक्षा भत्ता दोब्बरले बढाईँदै, लगानी बृद्धि गर्न छुट्टै सम्मेलन

सामाजिक सुरक्षा भत्ता दोब्बरले बढाईँदै, लगानी बृद्धि गर्न छुट्टै सम्मेलन


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२९ असार, काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्तालाई दोब्बरले बृद्धि गर्ने भएको छ । हाल बृद्धबद्धा, एकल महिला, अपाङ्गता भएका व्यक्तिलाई प्रतिमहिना ५ सय रुपैयाँ दिइँदै आएकोमा यसलाई बढाएर १ हजार रुपैयाँ पुर्याइएको छ ।

मुल्य बृद्धिका कारण हाल उपलब्ध गराइँदै आएको सामाजिक सुरक्षा भत्ता कम भएको गुनासो आएपछि यसलाई दोब्बरले बृद्धि गरिएको अर्थ स्रोतले जानकारी दिएको छ ।

यसैगरी, सरकारले आगामी आर्थिक वर्षमा बजेट मार्फत नै ‘लगानी बृद्धि सम्मेलन’ को घोषणा गर्ने भएको छ । भुकम्प पछिको ध्वस्त संरचना पुनर्निर्माण तथा औद्योगिक वातावरण निर्माण गर्न आवश्यक रकम जुटाउन उक्त सम्मेलन गर्न लागिएको हो । पुर्ननिर्माणमा युवा जनशक्ति प्रयोग गर्न पनि लगानी आवश्यक पर्ने भएकोले सम्मेलनको आयोजना गर्ने तयारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL