ठमाडौं । मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको तेस्रो दिन मंगलबार सुनको मूल्य तोलाको रु १०० ले घटेको छ ।
मंगलबार छापावाला सुन प्रतितोला रु ७५ हजार ९०० मा कारोबार भइरहेको छ महासंघले जनाएको छ ।
यस अघि सोमबार छापावाला सुन प्रतितोला रु ७६ हजारमा कारोबार भएको थियो । महासंघका अनुसार तेजावी सुनको मूल्य आज रु ७५ हजार ६०० कायम गरिएको छ ।
यस्तै, मंगलबार चाँदीको मूल्य भने स्थिर रहि प्रतितोला ८८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।