Logo

वायुसेवा निगममा १२ कर्मचारी माग, प्राविधिकले आवेदन दिन पाउने

वायुसेवा निगममा १२ कर्मचारी माग, प्राविधिकले आवेदन दिन पाउने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

२९ असार,काठमाडौं ।  नेपाल वायुसेवा निगमले १२ जना कर्मचारी माग गरेको छ । निगमले पाचौं, सातौं र आठौं तहका लागि कर्मचारी माग गरेको हो । जसमध्ये आठौं तहमा सूचना तथा प्रविधि समूहमा एकजना आइटी म्यानेजर मागेको छ । सो पदका लागि  सूचना प्रविधि, कम्प्युटर इन्जिनियरिङ, कम्प्युटर एप्लिकेसन, कम्प्युटर साइन्स, इन्फर्मेसन म्यानेजमेन्टमा स्नातकोत्तर गरेको हुनुपर्नेछ ।

त्यस्तै निगमले आठौं तहकै सामान्य प्राविधिक समूहमा दुई जना वरिष्ठ आइटी इन्जिनियर माग गरेको छ । सो पदका लागि सूचना प्रविधि, कम्प्युटर इन्जिनियरिङ, कम्प्युटर एप्लिकेसन, कम्प्युटर साइन्स, इन्फर्मेसन म्यानेजमेन्टमा स्नातक गरेको हुनुपर्नेछ ।
निगमले सातौं तहको सूचना प्रविधि समूहमा २ जना कम्प्युटर हार्डवेयर इन्जिनियर र  कम्प्युटर सफ्टवेयर इन्जिनियर पनि मागेको छ । यस्तै निगमले सामान्य प्राविधिक समूहको सिनियर आइटी टेक्निसियन पदमा पाँचजना कर्मचारी माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL