Logo

नेपाल लाइफको स्किल डेभलपमेन्ट एन्ड मोटिभेसन, अभिकर्तालाई गाउँगाउँ पुगेर जनचेतना जगाउने

नेपाल लाइफको स्किल डेभलपमेन्ट एन्ड मोटिभेसन, अभिकर्तालाई गाउँगाउँ पुगेर जनचेतना जगाउने



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले ‘स्किल डेभलपमेन्ट एन्ड मोटिभेसन’ कार्यक्रम सम्पन्न गरेको छ । आफ्ना अभिकर्ताहरुको क्षमता अभिबृद्धि गर्ने तथा उत्प्रेरणा जगाउने उद्देश्यले कार्यक्रम गरिएको कम्पनीले जानकारी दिएको छ ।

ब्रान्ड एम्बेस्डर भनेकै देशका कुनाकुनामा पुगेर जीवन बीमाका बारेमा सचेतना फैलाउने सम्पूर्ण अभिकर्ता भएको कम्पनीले जानकारी दिएको छ । सोही अनुरुप कम्पनीले सक्रिय अभिकर्ताहरु बढाएर चालु आर्थिक बर्षमा दोब्बर गर्ने लक्ष्य राखेको छ । बीमाबाटै देशको समृद्धि, नागरिकको भविष्यमा आइपर्ने जोखिम न्यूनीकरण र अभिकर्ताको पनि भविष्य निर्माण गर्न सकिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) बिवेक झाले जानकारी दिएका छन ।

सो अवसरमा सीईओ झाले बीमा गराउनुभन्दा पहिले बीमा गर्ने व्यक्तिको आर्थिक स्थिति बुझेर, जीवन बीमाको आवश्यकता महसुस गराएर मात्र बीमा गराउन सुझाव दिएका छन । उनले सस्तो लोकप्रियताभन्दा गुणस्तरीय सेवा प्रवाह तथा दीर्घकालिन लाभमा नेपाल लाइफले ध्यान दिने बताए । उनले भने, ‘बीमा विश्वासमा हुन्छ, अभिकर्ताको बोलीमा हुन्छ, त्यसैले सबै अभिकर्ताले बीमा के हो र किन आवश्यक छ भन्ने चेतना आम नागरिकमा जगाउनुपर्छ ।’

पेशागत बीमा अभिकर्ता संघ बीमक समिति (नेपाल लाइफ) का अध्यक्ष राजेन्द्र अमात्यले नेपाल लाइफको उच्च व्यवस्थापनको सही निर्णयले नै कम्पनीले उच्च स्थान हासिल गर्न सकेको बताएका छन । साथै सोही कार्यक्रममा सगरमाथाको सफल आरोहण गर्ने नेपाली फोटो पत्रकार पूर्णिमा श्रेष्ठलाई सम्मान गरेकी छिन । जीवन बीमा कम्पनीहरूमध्ये करिब एक तिहाई बजार हिस्सा ओगटेको यस कम्पनीको चुक्तापूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक ५ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने लगानी ८२ अर्ब ५९ करोड रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको जीवन बीमा कोष ७२ अर्ब ३३ करोड रुपैयाँ र सेयरधनी कोष ८ अर्ब ५७ करोड रुपैयाँ भन्दा बढी रहेको छ ।

कम्पनीले यस आर्थिक वर्षको मध्य सम्ममा १४ अर्ब ७ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । कम्पनीले आफ्ना ग्राहकहरूका लागि २ सय शाखा तथा उप शाखामार्फत जीवन बीमासम्बन्धी सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL