Logo

भूकम्प पीडितलाई बेलारुसको सहयोग, सुमार्गीले गरे हस्तान्तरण

भूकम्प पीडितलाई बेलारुसको सहयोग, सुमार्गीले गरे हस्तान्तरण


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

२८ असार,काठमाडौं ।  भूकम्प पीडितहरुका लागि  बेलारुसले उपलब्ध गराएको राहत सामाग्री सोमबार नेपाल सरकारलाई प्रदान गरिएको छ ।  नेपालका लागि बेलारुसका बाणिज्यदूत अजयराज सूमाग्रीले गृहमन्त्रालयका सचिव सूर्यप्रसाद सिलवाललाई सो सामग्री हस्तान्तरण गरेका थिए ।

बेलारुसले विमान चार्टर गरी राहत सामाग्री पठाएको आइतवार  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुगेको हो ।

राहत सामाग्रीमा २ करोड १५ लाख बराबरको लत्ता कपडा , पाल , ब्लाङकेट र ज्याकेटहरु समावेश छन् ।  गृहसचिव सिलवालले नेपाललाई दुःख परेको बेला मित्रराष्ट्र बेलारुसले उपलब्ध गराएको राहतका लागि आभार व्यक्त गरे ।  वाणिज्यदूत सुमार्गीले बेलारुसले नेपालको संकटको बेला उपयोगी सामाग्री उपलब्ध गराएर मित्रप्रतिको हार्दिकता प्रर्दशन गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL