Logo

बजेटवारे जानकारी गराउन अर्थमन्त्री शितल निवासमा, पुनर्निर्माण प्रमुख प्राथमिकता

बजेटवारे जानकारी गराउन अर्थमन्त्री शितल निवासमा, पुनर्निर्माण प्रमुख प्राथमिकता


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२८ असार, काठमाडौं । अर्थमन्त्री डा. रामशरण महत बजेट बारे राष्ट्रपति डा. रामवरण यादवलाई जानकारी गराउन शितल निवास पुगेका छन् । सरकारले ल्याउन लागेको आर्थिक वर्ष २०७२÷७३ को बजेटको जानकारी गराउनका लागि अर्थमन्त्री महत राष्ट्रपति निवास गएका हुन् ।

सरकारले आर्थिक वर्ष २०७२/७३ को बजेट यही असार २९ गते संसदमा प्रस्तुत गर्दैछ । सरकारले यसपटको बजेटलाई भुकम्प पछिको पुनर्निर्माण, स्वास्थ्य, शिक्षाजस्ता विषयमा बढी केन्द्रित गरेको छ । अहिले अर्थमन्त्रालय भोली ल्याउने बजेटको अन्तिम तयारीमा जुटेको छ ।

सरकारले भोली ४ बजेदेखि ६ बजेभित्रमा बजेट ल्याउने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL