Logo

महालक्ष्मी लाईफ इन्स्योरेन्सको एक बर्ष पुरा, ९ बीमा पोलिसी संचालनमा

महालक्ष्मी लाईफ इन्स्योरेन्सको एक बर्ष पुरा, ९ बीमा पोलिसी संचालनमा



काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले कार्य संचालनको एक वर्ष पुरा गरेको छ । कम्पनीले १ वर्षको छोटो अवधिमा ९ ओटा बीमा पोलिसी संचालनमा ल्याईसकेको छ ।

कम्पनीले ल्याएको पोलिसीमा महालक्ष्मी डवल सावधिक बीमा, महालक्ष्मी सावधिक आजीवन बीमा, महालक्ष्मी वार्षिक धन फिर्ता बीमा, महालक्ष्मी जीवन हेरचाह बीमा, महालक्ष्मी सावधिक बीमा, महालक्ष्मी सरल बीमा, महालक्ष्मी जीवन सुरक्षा म्यादी बिमा, महालक्ष्मी लगानी फिर्ता म्यादी बिमा र महालक्ष्मी सामूहिक म्यादी जीवन बीमा रहेका छन । साथै १ बर्षको अवधिमा ५६ करोड बीमा शुल्क संकलन गरेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले २०७६ असार मसान्तसम्ममा ११ करोड १३ लाख रुपैयाँ र २०७६ पुस मसान्तमा ५ करोड १८ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । एक वर्षको कारोबारमा कुल बीमा प्रिमियम आयको तुलनामा कम्पनीको जीवन बीमा कोष ७९ प्रतिशत र बैदेशिक रोजगार कुल दाबी वाहेक कम्पनीको दाबी भुक्तानी शुन्य प्रतिशत रहेको छ ।

कम्पनीले आव २०७६/०७७ को अन्तसम्ममा थप २५ शाखा तथा उपशाखा संचालन गरी प्रथम बीमा शुल्क संकलनमा अर्ब क्लवमा पुग्ने लक्ष्य लिएको छ । कम्पनीले १ महिना भित्र शाखा रहित बीमा पोलिसी जारी गर्ने गरी टेवलेट इन्स्योरेन्सको कार्यक्रम संचालन गर्ने तयारी समेत गरेको छ ।

वार्षिक उत्सबको अवसर पारेर कम्पनीले ५० लाख रुपैयाँसम्म दाबी भुक्तानी गर्ने गरी घातक रोग पुरक सुविधा योजना समेत संचालनमा ल्याएको छ । कम्पनीले एक वर्षको अवधिमा बिभिन्न जिल्लामा ६० शाखा तथा उपशाखा संचालनमा ल्याईसकेको छ । साथै ६० जिल्लामा अभिकर्ता तालिम संचालन गरी बीमा समितिबाट इजाजत लिएर ७ हजार ३ सय २३ अभिकर्ताहरु कम्पनीमा कार्यरत रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL