Logo

भूकम्प पूर्व सूचना यन्त्र जडान सुरु, २० सेकेन्ड अगाडी नै दिन्छ सूचना

भूकम्प पूर्व सूचना यन्त्र जडान सुरु, २० सेकेन्ड अगाडी नै दिन्छ सूचना


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

२८ असार,काठमाडौं । नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) भूकम्प पूर्व सूचना यन्त्र जडान कार्य सुरु गरेको छ । नाष्टले आफ्नै कार्यालय परिसर खुमलटार, काभ्रेको बनेपा र धादिङको धार्केमा यन्त्र जडान गरिसकेको छ । इन्स्टिच्युट अफ केयर लाइफ नामक चाइनिज संस्थाको सहयोगमा सूचना यन्त्र जडान सुरु गरेको हो ।

यन्त्रले भूकम्पको पूर्ण धक्का आउनुभन्दा करिब २० सेकेन्ड अघि (प्रारम्भिक तरङ्ग) को सूचना दिने बताइएको छ ।  सो यन्त्र करिब १५ किलोमिटरदेखि २० किमी दूरीभित्र राख्न सकिने नाष्टले जानकारी दिएको छ ।

यन्त्र जडान गर्न इन्स्टिच्युट अफ केयर लाइफसँग यसअघि ८० यन्त्र जडान गर्न सम्झौता भएको थियो । नाष्टको आग्रहमा केयर लाइफले थप ४० यन्त्र जडानका लागि सम्झौता गर्न सहमत भएको छ । भूकम्पप्रति चनाखो भई मानवीय क्षति कम गर्न यो प्रविधि उपयोगी हुने नाष्टले जनाएको छ ।

यो प्रविधिलाई सर्वसाधारण जनतासामु पुर्याउन एफएम रेडियो, मोबाइल एप्स, अस्पताल र सार्वजनिक ठाउँमा साइरन प्रयोग गर्न सकिने उपकुलपति पोखरेलले बताए ।

‘नेपालको भौगोलक अवस्थितिका आधारमा यस्ता ३ सय२० यन्त्र क्रमशः देशभर जोड्ने सोचमा छौँ,’ उनले भने । पूर्व सूचना यन्त्र जडान गर्न प्रतियन्त्र करिब रु २० लाख लाग्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL