Logo

सुनको मूल्य फेरी बढ्यो, प्रति तोला ७५ हजार ६ सय रुपैयाँमा कारोबार

सुनको मूल्य फेरी बढ्यो, प्रति तोला ७५ हजार ६ सय रुपैयाँमा कारोबार



काठमाडौं । शुक्रबार छापावाला सुन प्रति तोला ७५ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । सुनचाँदी ब्यवसायी महासंघका अनुसार बिहीबार प्रति तोला ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबारको तुलनामा प्रति तोला ४ सय रुपैयाँले बढेर ७५ हजार ६ सय रुपैयाँमा कारोबार भएको हो ।

त्यसतै तेजाबी सुन प्रति तोला ७५ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । चाँदी भने शुक्रबार प्रति तोला ८ सय ८५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जानकारी दिएको छ । बिहीबार प्रति तोला ८ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रति तोला १० रुपैयाँले बढेर ८ सय ८५ रुपैयाँमा कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस्