Logo

बेलायतमा व्यवसाय नेपालमा सामाजिक उत्तरदायित्व, उत्तम नेपालले ५ करोडमा बनाए विद्यालय

बेलायतमा व्यवसाय नेपालमा सामाजिक उत्तरदायित्व, उत्तम नेपालले ५ करोडमा बनाए विद्यालय


बिजखबर संवाददाता
297
Shares

काठमाडौं । लण्डनमा व्यवसाय गर्दै आएका नेपाली दम्पतीले नेपालमा ५ करोड रुपैयाँको लगानीमा विद्यालय निर्माण गरेका छन् । लण्डनमा व्यवसायगरी नेपालको शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सहयोग गर्दै आएक उत्तम नेपाल र उनकी श्रीमती क्लेयरले पछिल्लो समय ५ करोड रुपैयाँको लगानीमा विद्यालयल निर्माण गरेका हुन् ।

लण्डनमा दुई दशकदेखी व्यवसाय गर्दै आएका सो दम्पतीले धादिङ जिल्लाको कल्लेरीमा विद्यायल निर्माण गरेका हुन् । आजभन्दा १८ बर्ष अघि वेलायतमा ‘युमी’ नामक फेसन ब्राण्ड संचालनमा ल्याएका उक्त दम्पतीले आफ्नो जम्मभुमी धादिङको कल्लेरीमा उक्त विद्यालय निर्माण गरेका हुन् । उनीहरुले २०७२ सालको भुकम्पबाट क्षतिग्रस्थ सरस्वती मावि पुनर्निमाण गरी भुकम्प प्रतिरोधी ५ वटा भवन निर्माण छन् ।

नेपाल दम्पतीले १६ रोपनी जग्गा खरिदगरी उक्त विद्यालय भवन निर्माण गरेका हुन् । ‘हामीले आफ्नो जन्म भूमीमा केही गर्नुपर्छ भन्ने उद्देश्य अनुरुप स्कुल भवन निर्माण गरेका हौं,’ उनले भने, ‘सयौं विद्यार्थीहरुको उज्वल भविश्यका लागि हामीले जग्गा नै खरिद गरी स्कुलन भवन निर्माण गरी हस्तान्तरण गरेका छौं ।’

हाल सो विद्यालयमा ३८० भन्दा बढि विद्यार्थी अध्ययनरत छन् । नयाँ भवन निर्माणभएसँगै सो विद्यालयमा ५ सय भन्दा बढी विद्यार्थीले पढ्न सक्नेछन् । निर्माणपछि ५ सय बढि विद्यार्थी पढ्न सक्ने क्षमता छ ।

भुकम्प पश्चात आफ्नो दम्पती जन्मभुमी पुग्दा स्थानीय घर बनाईदिने आग्रह गरेपनि सबैलाई समेट्नेगरी विद्यालय भवन निर्माण गरेको नेपालले जानकारी दिए । त्यतिवेला सबैलाई घर बनाईदिन सम्भव नभएकाले जग्गा खरिद नै गरेर भएपनि स्कुल भवन निर्माण गरेको समेत उनको भनाई छ ।

धादिङको कल्लेरी नवासी उत्तम नेपालले बेलायतका साथै नेपालमा पनि पर्यटनलगायत विभिन्न क्षेत्रमा लगानी गर्दै आएका छन् । साथै उनले भारत, चीनलगायतका देशमा पनि व्यवसाय विस्तार गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL