Logo

६७ लाख जनता गरिबीको रेखामूनी, ४० लाखले पेटभरी खान पाउदैनन्

६७ लाख जनता गरिबीको रेखामूनी, ४० लाखले पेटभरी खान पाउदैनन्


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

२९ असार,काठमाडौं । नेपालमा अझैपनि ६७ लाख नेपाली गरिबीको रेखामूनी छन् । सरकारले आइतवार सार्वजानिक गरेको चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षणले कूल जनसंख्याको २३दशमलव८ प्रतिशत जनता गरिबीको रेखामूनी रहेको देखाएको छ । यो गत आर्थिक बर्षको भन्दा करिव १ दशमलव ६ प्रतिशतले कम हो ।

गत वर्ष पनि गरिबीको संख्या २३ दशमलव ८ प्रतिशत नै थियो । त्यसमध्ये  अहिलेपनि ४० लाख नेपालीहरु पेटभरी खान नपाउने अवस्थामा छन् ।

सर्वेक्षण अनुसार कूल जनसंख्याको १५ दशमलव ७ प्रतिशतले न्यूनतम आहारभन्दा कम खान पाएका छन् ।

गरिब जनसंख्या २०५२ र ५३ देखि २०६९र७० को १७ वर्षे अवधीमा ४२ बाट झरेर २३ दशमलव ८ प्रतिशतमा आएको हो । त्यस्तै गत बैशाख १२ गते गएको भुकम्पले ३ लाख नेपालीलाई गरिबीको रेखामूनी पुर्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL