Logo

प्रतितोला ८ सयले घट्यो सुनको मूल्य, यस्तो छ आजको मूल्य

प्रतितोला ८ सयले घट्यो सुनको मूल्य, यस्तो छ आजको मूल्य


बिजखबर संवाददाता
459
Shares

काठमाडौं । साताको चौंथो दिन बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला रु ८०० ले घटेको छ । आज छापावाला सुन प्रतितोला रु ७५ हजार २०० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस अघि मंगलबार छापावाला सुन प्रतितोला रु ७६ हजारमा कारोबार भएको थियो । महासंघका अनुसार तेजावी सुनको मूल्य आज रु ७४ हजार ९०० कायम गरिएको छ ।

यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ। बुधबार चाँदी तोलाको रु ५ ले घटेर प्रतितोला ८७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्