Logo

घट्यो सुनको मुल्य, प्रतितोला ७६ हजारमा कारोबार हुँदैं

घट्यो सुनको मुल्य, प्रतितोला ७६ हजारमा कारोबार हुँदैं



काठमाडौं । साताको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला रु ५०० ले घटेको छ । आज छापावाला सुन प्रतितोला रु ७६ हजारमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस अघि सोमबार छापावाला सुन प्रतितोला रु ७६ हजार ५०० मा कारोबार भएको थियो । महासंघका अनुसार तेजावी सुनको मूल्य आज रु ७५ हजार ७०० कायम गरिएको छ ।

यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलाको रु १० ले घटेर प्रतितोला ८८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्