Logo

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य १ रुपैयाँले घट्यो, खाना पकाउने ग्याँसको बढ्यो

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य १ रुपैयाँले घट्यो, खाना पकाउने ग्याँसको बढ्यो



काठमाडौं । पेट्रोल, डिजेल र मट्टितेको मूल्य १ रुपैयाँले घट्दा खाना पकाउने ग्याँसको मूल्य २५ रुपैयाँले बढेको छ ।

नेपाल आयल निगमले सोमबार रातीदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाए पनि खाना पकाउने एलपीजी ग्यासको मूल्य भने प्रति सिलिण्डर २५ रुपैयाँ वृद्धि गरेको छ ।

खाना पकाउने ग्यासको मूल्य बढेर प्रति सिलिन्डर १ हजार ३ सय ७५ रुपैयाँ पुगेको छ । निगमका अनुसार उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर ११० र डिजल तथा मट्टितेलको मूल्य ९९ रुपैयाँ कायम भएको छ । सोमबार राति १२ बजेदेखि नयाँ मूल्य लागू हुने गरि उक्त मूल्य निर्धारण गरेको निगमले जानकारी दिएको छ ।

पछिल्लो पटक ईण्डियन आयल कर्पोरेशनबाट १ फेब्रुअरि २०२० मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ अन्तरराष्ट्रिय बजार मूल्य बमोजिमको खरिद मूल्य केही घटेर आएको तथा एलपि ग्यासमा औषत खरीद मुल्य पुनः बढेर आएको हुदाँ सोमबार रातीदेखि लागु हुने गरी मूल्य घडबड गरेको निगमले जानकारी दिएको छ । त्यसतै हवाई ईन्धनको मूल्य भने यथावत नै राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्