Logo

घट्यो सुनको मूल्य, यस्तो छ नेपाली बजारमा आजको भाउ

घट्यो सुनको मूल्य, यस्तो छ नेपाली बजारमा आजको भाउ



काठमाडौं । सुनको मूल्य बुधबार ओरालो लागेको छ । केही दिनदेखि निरन्तर बढेको सुनचाँदीको मूल्य आज घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन चार सय र चाँदी २५ रुपैयाँले घटेको हो ।

मंगलबार ७६ हजारमा कारोबार भएको छापावाला सुन बुधबार घटेर प्रतितोला ७५ हजार ६ सयमा रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला ७५ हजार ३ सयमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्