Logo

स्वास्थ्य बीमामा स्मार्टकार्ड लागू गर्दै सिदार्थ इन्स्योरेन्स, कार्डबाटै पैसा तिर्न सकिने

स्वास्थ्य बीमामा स्मार्टकार्ड लागू गर्दै सिदार्थ इन्स्योरेन्स, कार्डबाटै पैसा तिर्न सकिने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२४ असार, काठमाडौँ । सुपर मार्केटमा गएर क्रेडिट कार्डमार्फत सपिङ गरेजस्तै स्वास्थ्य बीमा गरेका व्यक्तीले अस्पतालमा बील भुक्तानी गर्दा स्मार्टकार्ड प्रयोग गर्न पाउने भएका छन् । सिद्धार्थ इन्स्योरेन्सले यस्तो सुविधा दिन लागेको हो ।

इन्स्योरेन्सले हालै घोषणा गरे अनुसार उसले अब छिट्टै एउटा युनिक कार्ड आफ्ना ग्राहकलाई बाँड्ने छ । त्यस्तो कार्ड प्रयोग गर्नेले विरामी भएमा अस्पतालमा सोही कार्ड देखाएर उपचार गराउन सक्ने छन् । स्वास्थ्य बीमाका ग्राहकले अस्पतालहरुबाट रकम भुक्तानी नगरिकनै स्वास्थ्य सुविधा लिन सक्ने गरि सिद्धार्थ इन्स्योरेन्सले नयाँ योजना ल्याउने भएको हो । ‘हाल ग्राहकले पहिले आफैले उपचारको रकम भुक्तानी गर्ने र पछि कम्पनीहरुमा बीमा दाबी गर्ने चलन रहेकोमा हाम्रो संस्थाले अस्पतालमा सोझै रकम भुक्तानीको व्यवस्था मिलाउने छ,’ कम्पनीका कायममुकायम महाप्रबन्धक बिरेन्द्र बैदवार क्षत्रीले बताए ।

कम्पनीले ग्राहकलाई परिचय खुल्ने युनिक बीमा कार्ड प्रदान गर्ने छ । त्यही कार्डमार्फत अस्पतालको बील भुक्तानी गर्न सकिने छ । कम्पनीले ग्राहकले अस्पतालबाट बील पाएर भुक्तानी प्रक्रिया शुरु गरेको दुई घण्टामा भुक्तानी हुने व्यवस्था गर्ने भएको छ । यसको लागि कम्पनीले बिभिन्न अस्पतालसँग साझेदारी सम्झौता गर्ने छ ।

कम्पनीले हप्ताका सातै दिन र २४ सैं घण्टा भुक्तानी गर्ने व्यवस्था गरिरहेको क्षेत्रीले जानकारी दिए । को लागि कम्पनीले छुट्टै टिम नै तयार गर्न लागेको छ । इन्टरनेट मार्फत् कम्पनीमा रहेको टिम र अस्पतालबीच सम्पर्क कायम गरेर केही घण्टामै कम्पनीले शुल्क भुक्तानी गरिदिने छ । यो नयाँ योजनाको बिस्तारसंगै २५ लाख बीमाङ्क सम्मको स्वास्थ्य बीमा योजना पनि कम्पनीले ल्याउने सोच बनाएको छ । हाल कम्पनीले २÷३ लाख बीमाङ्कका स्वास्थ्य योजना सञ्चालनमा ल्याइरहेको छ ।

कम्पनीका अनुसार पहिलो चरणमा काठमाडौंका अस्पतालहरुसँग साझेदारीमा यो योजना सञ्चालन गर्ने भएको कम्पनीले निकट भविष्यमा देशका मुख्य शहरहरुमा पनि यसको विस्तार गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL