Logo

उकालो लाग्यो सुनको मूल्य, यस्तो छ नेपाली बजारमा आजको मूल्य

उकालो लाग्यो सुनको मूल्य, यस्तो छ नेपाली बजारमा आजको मूल्य



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य रुपमा बढेकाो छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला रु ३०० ले बढेर साताको पहिलो दिन आज छापावाला सुन प्रतितोला रु ७५ हजार ५०० मा कारोबार भइरहेको महासंघले जनाएको छ।

यस अघि शुक्रबार छापावाला सुन प्रतितोला रु ७५ हजार २०० मा कारोबार भएको थियो। महासंघका अनुसार तेजावी सुनको मूल्य आज ७५ हजार रुपैयाँ कायम गरिएको छ।

यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलाको रु १० ले बढेर प्रतितोला ८९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्