Logo

शिवनाथ पाण्डेको अध्यक्षतामा ‘जीवन बीमक संघ नेपाल’ स्थापना, नियमनकारी निकायलाई नीति निर्माणमा सहयोग पुर्याउने

शिवनाथ पाण्डेको अध्यक्षतामा ‘जीवन बीमक संघ नेपाल’ स्थापना, नियमनकारी निकायलाई नीति निर्माणमा सहयोग पुर्याउने



काठमाडौं । जीवन बीमासम्बन्धी समस्या समाधान गर्न तथा नियमनकारी निकायलाई नीति निर्माण गर्न सहयोग पुर्याउने उद्देश्यले ‘जीवन बीमक संघ नेपाल’ स्थापना भएको छ ।

नेपालमा जीवन बीमाको बजारलाई व्यवस्थित तरिकाले संचालन गर्नका लागि जीवन बीमा व्यवसायिबीच छलफल तथा सहजीकरण मार्फत जीवन बीमा सम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले संस्था दर्ता ऐन २०३४ बमोजिम उक्त संस्था स्थापना गरेको हो ।

यस संघको उद्देश्यमा जीवन बीमा व्यवसाय तथा सोको विकाससँग सम्बन्धित नीति नियमहरुको तर्जुमा गर्ने, कार्यान्वयन गर्ने कार्यमा नियामक निकायलगायत नेपाल सरकारका अन्य निकायहरुलाई जीवन बीमासँग सम्बन्धित आवश्यक सरसल्लाह एवं सुझाव उपलब्ध गराई सहयोग पुर्याउनुलगायतको कार्य गर्ने रहेको छ ।

संघको अध्यक्षमा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) शिवनाथ पाण्डे रहेका छन भने मेट लाइफ अमेरिकन लाईफ इन्स्योरेन्स कम्पनीका सिइओ निर्मलकाजी श्रेष्ठ उपाध्यक्ष छन । त्यसतै सिटिजन लाइफ इन्स्योरेन्सका सिइओ पोषक राज पौडेल सचिव, रिलायन्स लाइफ इन्स्योरेन्सका सिइओ प्रवीण रमण पराजुली कोषाध्यक्ष रहेका छन ।

सदस्यहरुमा राष्ट्रिय बीमा संस्थानका सिइओ कवि प्रसाद पाठक, युनियन लाइफ इन्स्योरेन्सका सिइओ मनोज कुमार लाल कर्ण, रिलायवल नेपाल लाइफ इन्स्योरेन्सका सिइओ नारायण बाबु लोहनी, सन नेपाल लाइफ इन्स्योरेन्सका सिइओ राजकुमार अर्याल र ज्योती लाइफ इन्स्योरेन्स कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्री रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL