Logo

सुनको मूल्य १९०० डलर माथि पुग्ने विश्लेषकको दाबी, सुनमा लगानी गर्ने मालामाल

सुनको मूल्य १९०० डलर माथि पुग्ने विश्लेषकको दाबी, सुनमा लगानी गर्ने मालामाल



काठमाडौं । पछिल्लो समय सुनको मूल्य उकालो लाग्ने क्रममा छ र यसको मूल्य रोपकिने अवस्थामा छैन । विश्लेषकहरुको भनाईलाई मान्ने हो भने आगामी केही महिनामा अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९ सय डलर पुग्न सक्छ ।

हालको मूल्य वृद्धिलाई हेर्ने हो भने पनि यसको लक्ष्य त्यहाँसम्म पुग्ने देखिन्छ । मेटेला रोयल्टी एण्ड स्ट्रिमिङका निर्देशक ईबी टकरका अनुसार हाल सुन लगानीकर्ताका लागि एक राम्रो अवस्था सिर्जना भएको छ ।

टकर भन्छन‘मानिसहरुले सुनको आगामी मूल्य वृद्धिको बारेमा ध्यान दिन छोडिसके । जसले आगामी दिनमा ऋणका लागि एक नराम्रो असर पार्नेछ । यसैले मानिसहरुले उक्त मूल्यलाई हेर्नुपर्ने देखिन्छ । यसले धेरैलाई आकर्षित गर्न सक्छ ।’

हाल विश्वबजारमा सुनको मूल्य १ हजार ५ सय ५० डलर प्रतिऔंस छ । आगामी दिनमा यसको मूल्य १ हजार ९ सय डलर प्रतिऔंस पुग्ने निश्चित छ त्यसैले सुन किनेर अडिग हुनेले राम्रो लाभ पाउने टकरको दाबी छ । नेपाली सुन बजार। पनि अन्तरराष्ट्रिय बजारमा निर्भर रहेकाले नेपालमा पनि सुन मूलयले उचाई लिने अनुमान गर्न सकिन्छ ।

नेपालमा पनि सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्य बढेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला रु २०० ले बढेको थियो। शुक्रबार छापावाला सुन प्रतितोला रु ७५ हजार २०० मा कारोबार भएको महासंघले जनाएको छ।

यसअघि विहिबार छापावाला सुन प्रतितोला ७५ हजारमा कारोबार भएको थियो। महासंघका अनुसार तेजावी सुनको मूल्य आज ७४ हजार ९०० रुपैयाँ कायम गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्