Logo

युनाईटेड ईन्स्योरेन्सको अध्यक्षमा श्रेष्ठ नियुक्त, देशकै उत्कृष्ट बीमा कम्पनी बनाउने उद्घोष

युनाईटेड ईन्स्योरेन्सको अध्यक्षमा श्रेष्ठ नियुक्त, देशकै उत्कृष्ट बीमा कम्पनी बनाउने उद्घोष



काठमाडौं । युनाईटेड ईन्स्योरेन्सको संचालक समितिको अध्यक्षमा रविभक्त श्रेष्ठ नियुक्त भएका छन । कम्पनीको सेयरधनी तथा एनई ग्रुपका अध्यक्ष रहेका उनि बिहीबार सर्वसम्मतीले कम्पनीको अध्यक्षमा नियुक्त भएका हुन ।

बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिका बमोजिम बिहीबार उनले बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईबाट सपथ लिई पदभार ग्रहण ग्रहण गरेका छन । अध्यक्ष श्रेष्ठले संस्कृति पर्यटन तथा नागरिक उड्डयन सहायक मन्त्री र नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्ष समेतको जिम्मेवारीमा रही काम गरिसकेका छन ।

उनले कम्पनीलाई नयाँ उचाईमा पुर्याउन आफु प्रतिवद्ध रहेको बताएका छन । कुशल व्यवस्थपकीय क्षमताका कारण श्रेष्ठले समिति र सम्पूर्ण सेयरधनीहरूबीच सम्वन्ध विस्तार गरि कम्पनीलाई देशकै उत्कृष्ट बीमा कम्पनीका रुपमा स्थापित गर्ने बताए ।

साथै अध्यक्ष श्रेष्ठले कम्पनीलाई पूर्ण व्यवसायिक रूपमा अगाडि बढाउन आफु प्रतिवद्ध रहेको बताउँदै यसका लागि नियामक निकाय, सेयरधनी, विमित एवं शुभेच्छुकहरूबाट पूर्ण साथ र सहयोग प्राप्त हुने विश्वास लिएका छन ।

प्रतिक्रिया दिनुहोस्