Logo

आगामी आव पूर्ननिर्माणलाई प्राथमिकता, स्थानीय निकायको चुनाव पनि गराइने

आगामी आव पूर्ननिर्माणलाई प्राथमिकता, स्थानीय निकायको चुनाव पनि गराइने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

२३ असार,काठमाडौं । सरकारको आर्थिक बर्ष ०७२र०७३ को नीति तथा कार्यक्रममा भूकम्पपछिको पुर्ननिर्माणमा जोड दिने भएको छ । राष्ट्रपति डा. रामवरण यादवले बुधबार व्यवस्थापिका संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा यस्तो उल्लेख गरिएको हो ।
जसअनुसार पर्यटन क्षेत्रलाई भूकम्पअघिकै अवस्थामा फर्काइने बताइएको छ । साथै भूकम्प प्रतिरोधी नभएका भौतिक संरचनालाई भूकम्प प्रतिरोधी बनाउने अभियान सञ्चालन गरिने छ । त्यसैगरी सरकारी र निजी क्षेत्रको साझेदारीमा पुननिर्माणको काम गरिने बताइएको छ ।
२०२२ सम्ममा विकाशशील मुलुकमा स्तरोन्नति गर्ने गरी काम गरिने घोषणा समेत गरेको छ । उर्जा, भौतिक पूर्वाधार विकास, कृषिको व्यावसायीकीकरण, पर्यटन क्षेत्रको विकास गर्ने बजेट ल्याइने छ । पुननिर्माण र पुनस्थापनामा अनुत्पादक खर्च कम गरिनेछ बताइएको छ ।

यसैबीच सरकारले नीति तथा कार्यक्रममा स्थानीय चुनाव एक वर्ष्भित्रै गर्ने घोषणा गरेको हो ।

सरकारले ल्याएको नीति तथा कार्यक्रममा शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता खोजविन सम्बन्धी आयोगलाई सहयोग र्पुयाइने बताइएको छ ।

लोडसेडिङलाई सुख्खायाममा ८ घण्टामा झार्ने, तराईका १२ जिल्लालाई धान उत्पादनको पकेट क्षेत्र बनाउने, दुर्गममा खाद्यान्न आपूर्तिलाई सहज बनाइने जस्ता कार्यक्रम समेटिएका छन् । तयसैगरी १२ सय मेघावाटको बूढीगण्डकी जलविद्युत आयोजना निर्माण गर्ने, भूकम्पमापन केन्द्रलाई वैज्ञानिकीकरण गर्ने, भूकम्पपीडितका लागि पुनर्वासको क्षेत्रबारे अध्ययन गर्नेजस्ता कार्यक्रम समेत समेटिएको छ । सरकारले स्थानीय निकायको चुनाव नयाँ आर्थिक वर्ष्भित्र गरिसक्ने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL