Logo

फेरि बढ्यो सुनको भाउ, यस्तो छ आज नेपाली बजारमा सुनको मूल्य

फेरि बढ्यो सुनको भाउ, यस्तो छ आज नेपाली बजारमा सुनको मूल्य



काठमाडौँ । केही दिनयता निकै उतारचढाव आइरहेको सुनको मूल्य आज फेरि बढेको छ । बुधबार तोलामा ५ सय रुपैयाँ घटेको सुनको भाउ बिहीबार तोलामा २ सय रुपैयाँ बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार प्रतितोला ७४ हजार ८ सयले बिक्री बितरण छापावाल सुन आज प्रतितोला ७५ हजारले कारोबार भईरहेको महासंघले जनाएको छ ।

त्यसैगरी महासंघका अनुसार बुधबार प्रतितोला ७४ हजार ५ सय रुपैयाँले कारोबार भएको तेजाबी सुन आज प्रतितोला ७४ हजार ७ सय रुपैयाँले कारोबार भईरहेको छ ।

बिहीबार चाँदीको भाउमा पनि तोलामा ५ रुपैयाँ बृद्धी भएको महासंघले जनाएको छ । महासंघका अनुसार बुधबार प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्